काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले कोसी प्रदेशमा मध्यावधि निर्वाचनमा जाने गठबन्धनको खेलो रोक्न सफल भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले कोसीमा गठबन्धन मध्यावधि निर्वाचनमा जान चाहेको बताउँदै आफ्नो पार्टीले यसमा ब्रेक लगाउनुपर्ने र सरकारलाई स्थिरता दिनुपर्ने आवश्यकताका आधारमा नकांग्रेसका नेतालाई मुख्यमन्त्रीमा समर्थन दिने निर्णय गरेको स्पष्ट पार्नुभयो ।
यस्तै कोसी प्रदेशमा एमालेले कांग्रेसको राजनीति जोगाइदिएको दाबी गर्दै बर्तौलाले देशभरि कांग्रेस छ र भन्ने स्थितिमा पुगेका बेला कोसीमा केदार कार्कीले कांग्रेसमा धड्कन छ भनेर देखाएको बताउनुभयो ।
साथै उहाँले केन्द्रमा पनि स्थिर र परिपक्व सरकार बनाएर जाऊँ भनेर कांग्रेसले हात बढाए एमाले निकास दिन तयार रहेको बताउनुभएको छ ।