Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोसीको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपियो: डा. नारायण खड्का

कोसीको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपियो: डा. नारायण खड्का

  • बुधवार, कार्तिक १ २०८०

  • 575
    SHARES

  • कोसीको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपियो: डा. नारायण खड्का

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कोसी प्रदेशको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपिएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका खाड्काले माओवादीलाई कोसी प्रदेशको नेतृत्व दिने बारेमा पार्टीकै कार्यसम्पादन समितिमा समीक्षा हुनुपर्ने र करेक्सन गर्न सक्नुपर्नेमा जोड दिदै गठबन्धनको निर्णय विपरीत पार्टीमा सल्लाह नगरीकन विपरीत प्रतिपक्षसँग मिलेर जबर्जस्ती अराजक तरिकाले अघि बढेपछि विभिन्न शंका–आशंका उब्जिएको बताउनभयो ।

    यस्तै नेता खड्काले पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै शेखर कोइरालाको हस्ताक्षर गराउने व्यक्ति को हो भनेर प्रश्न गर्दै सहमतिको नाममा त्यसरी सही गराउनु पार्टीमा विग्रह उत्पन्न गराउनु भएको आरोप लगाउनुभयो ।

    पार्टीमा आन्तरिक सहमति गरेर जानुपर्नेमा त्यस्तो नभएकोमा पनि उहाँले आपत्ति जनाउनुभयो ।

    आगामी केन्द्रीय समितिको बैठकमा यसबारे घनीभूत छलफल हुनुपर्ने पनि उहाँले बताउनुभयो । कोसी प्रदेशमा केदार कार्कीको सरकारलाई समर्थन गर्नुको विकल्प नभएको पनि डा। खड्काको भनाइ छ । साथै उहाँले गठबन्धनको सरकार कति समय जाला भन्ने अनुमान गर्न सकिने अवस्था नभएको स्पष्ट पार्नुभयो ।


    बुधवार, कार्तिक १ २०८०१०:२५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij