Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अग्नि हिंसापीडित नेपालद्वारा बर्न वार्ड स्थापनाका लागि उपकरण हस्तान्तरण

अग्नि हिंसापीडित नेपालद्वारा बर्न वार्ड स्थापनाका लागि उपकरण हस्तान्तरण

  • मंगलवार, आश्विन ३० २०८०

  • 557
    SHARES

  • अग्नि हिंसापीडित नेपालद्वारा  बर्न वार्ड स्थापनाका लागि उपकरण हस्तान्तरण

    काठमाडौं । अग्नि हिंसापीडित नेपाल (विभिएस)ले कान्ति बाल अस्पताललाई बर्न वार्ड स्थापनाका लागि आवश्यक विभिन्न उपकरणहरु हस्तान्तरण गरेको छ । आज (मंगलबार) एक औपचारिक कार्यक्रमकाबीच अस्पतालका निदेशक डा। पंकज रोयलाई विभिएसले १९ वटा उपकरणहरु हस्तान्तरण गरेको हो ।

    असाहय र आर्थिक अवस्था कमजोर भएका अग्नीजन्य हिंसामा परेका देशैभरीका बालबालिकाको सहज उपचारमा केहि राहत पुगोस भन्ने उदेश्यले उपकरणहरु वितरण गरिएको विभिएस नेपालकी कार्यकारी निर्देशक प्रतिक्षा गिरीले बताउनुभयो । निर्देशक गिरीका अनुसार उपकरणहरु हस्तान्तरण पछि रेखदेख, संरक्षण तथा मर्मत सम्भार भने अस्पतालले नै गर्नुपर्ने छ ।

    हस्तान्तरण गरिएका उपकरणहरुमा इन्फ्यूजन पम्प, आइसियू बेड, ह्विलचियर, सिरिन्ज पम्प चार, ड्रेसिङ सेट, आइसियू भेन्टिलेटर र कम्युटरलगायतका सामग्रीहरु रहेका छन् ।

    यस्तै अस्पतालका निर्देशक डा। रोयले बर्न वार्डका लागि प्राप्त उपकरणहरुको सहि सदूपयोग हुने अस्पतालले दिने सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । यस्तै विरामीले पनि सहजरुपमा सेवा पाउने डा. रोयले विश्वास दिलाउनुभयो ।

    यस्तै उक्त कार्यक्रममा डा. बाल बस्नेतले विभिएसले विगतदेखि बर्नमा विभिन्न स्वास्थ्यसम्बन्धि उपकरणहरु प्रदान गर्दै आइरहेकोले औषधी उपचारमा समस्या नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिविएसले विगतदेखि अस्पतालमा स्वास्थ्यका विभिन्न उपकरणहरु दिदै आइरहेको छ । पैसा तिर्न नसक्ने विरामीहरुका लागि खर्च पनि बेहोर्ने, औषधीदेखि सबै कुराहरु गर्दै आइरहेको छ । यसले गर्दा बर्नमा हामीले औषधी छैन भन्नुपर्ने अवस्था आएको छैन ।’

    साथै सिविएसले बर्न वार्डमा प्रत्येक हप्ता ३० वटा अण्डा, विभिन्न फलफुलहरु एक बाकस, सर्वोत्तम लिटो लगायतका खानेकुराहरु पनि दिदैँ आइरहेको छ । अस्पताल प्रशासनले आगामी दिनमा पनि यस्तै स्वास्थ्य उपकरहरु सहयोगको अपेक्षा गर्दै विभिएस नेपाललाई धन्यवाद दिएको छ । विभिएसले यसअगाडि पनि कान्ती बाल अस्पताललाई विभिन्न स्वास्थ्य सम्बन्धि उपकरण सामग्रीहरु दिदै आइरहेको छ ।


    मंगलवार, आश्विन ३० २०८००४:०४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij