Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

आजदेखि खसीबोकाको बिक्री सुरू

आजदेखि खसीबोकाको बिक्री सुरू

  • मंगलवार, आश्विन ३० २०८०

  • 961
    SHARES

  • आजदेखि खसीबोकाको बिक्री सुरू

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा मंगलबारदेखि खसीबोकाको बिक्री सुरू भएको छ ।

    खाद्यमा दसैंका लागि छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्रीवितरण सुरू भएको हो । खाद्यले प्रतिकेजी १० रुपैयाँको छुटमा जिउँदो खसी र बोका ६७० रुपैयाँ र च्याङग्रा १२५० मा बिक्री गर्दै छ । खाद्यले आजदेखि खसीबोका बिक्री गर्न थालेपछि खसीबोका लिनेहरुको भीड समेत लागेको छ ।

    गत वर्ष दसैं–तिहारमा घटस्थापनादेखि महानवमीको अवधिमा करिब ५४ हजार जिउँदा पशु काठमाडौंमा भित्रिएको थियो । तीमध्ये खसीबोका ५१ हजार, च्यांग्रा २ हजार ५ सय र राँगा ५ सय भित्रिएको थियो । यस वर्ष पनि व्यवसायीले ५० हजारभन्दा बढी खसीबोका भित्र्याउने जनाएका छन् ।

    सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ ।

     


    मंगलवार, आश्विन ३० २०८००२:०२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij