Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा आज पनि पहिरो, नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर बजारमा आज पनि पहिरो, नेप्सेमा दोहोरो अंकको गिरावट

  • सोमवार, आश्विन २९ २०८०

  • 609
    SHARES

  • सेयर बजारमा आज पनि पहिरो, नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज दोहोरो अंकले गिरावट आएको छ। नेप्से आज २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ।

    नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ।

    आज नेप्सेमा सबै उपसूचकमा गिरावट आएको छ। जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट भएको छ।

    आज कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाखमा सीमित भएको छ। आज नेप्सेमा कुल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो।


    सोमवार, आश्विन २९ २०८००४:०८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij