Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँ : ओली

मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँ : ओली

  • आइतवार, आश्विन २८ २०८०

  • 826
    SHARES

  • मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघायौँ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताउनुभएको छ । आइतबार प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताउनुभएको हो ।

    ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे ? अचाक्ली भएपछि विद्रोह हुन्छ’, ओलीले भन्नुभयो, ‘किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालले जे भन्छन् त्यो मात्रै गरे ।’

    केन्द्रमा ३२ सिट रहेको माओवादीका पछि ठुलो दल कांग्रेस लागेको भन्दै उहाँले कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर त्यहाँका सांसदहरूले विद्रोह गरेको जिकिर गर्नुभयो । उहाँले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भएपनि मध्यावधिबाट एमालेले बचाएको बताउनुभयो।


    आइतवार, आश्विन २८ २०८००५:३४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij