Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि माओवादी निरन्तर अगाडि बढ्छ : शर्मा

राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि माओवादी निरन्तर अगाडि बढ्छ : शर्मा

  • आइतवार, आश्विन २८ २०८०

  • 550
    SHARES

  • राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि माओवादी निरन्तर अगाडि बढ्छ : शर्मा

    काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले प्राप्त उपलब्धिको रक्षाका लागि माओवादी फेरि बलियो हुनुपर्ने बताउनुभएको छ। त्यसका लागि माओवादीले आत्मालोचनासहितको सङ्कल्प गरेर रूपान्तरण अभियानमा जुटेकाले आलोचना सुन्न तयार भएको बताउनुभयो।

    उहाँले रूपान्तरण अभियान सबै पक्षसँग बृहत् अन्तरक्रिया गरी समाजमा भएका सबै खाले विभेदको अन्त्य गर्ने यात्रा भएको भनाइ राख्नुभयो। यी सबै किसिमको समस्या हल गरी माओवादी निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    ‘समाजमा देखिएका सबै खलका विभेद अन्त्य गरी माओवादी निरन्तर अगाडि बढ्छ । प्रशासनिक सुधार, कर्मचारी सुधार, राजनीति पार्टीको सुधार, समग्र समाजको सुधार गरी सामाजिक आर्थिक रूपान्तरण गरी एकताबद्ध बनाउन माओवादी फेरी बलियो भएर आउँछ’, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ मा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ।

    उहाँले राजनीति स्थायित्वका लागि राष्ट्रिय सहमति गरेर आ–आफ्ना कामको जिम्मेवारी लिएर प्रतिस्पर्धा गर्नुपर्ने तर्क गर्नुभयो। सुशासन, आर्थिक समृद्धि, बेरोजगारी, समावेशी सहभागीताका लागि राष्ट्रिय सहमति आवश्यक भएको उनले तर्क गर्नुभयो ।


    आइतवार, आश्विन २८ २०८००१:३३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij