Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

कोशीमा मन्त्री छान्दै एमाले, कति जनाको नाम टुंगियो ?

कोशीमा मन्त्री छान्दै एमाले, कति जनाको नाम टुंगियो ?

  • आइतवार, आश्विन २८ २०८०

  • 4.6K
    SHARES

  • कोशीमा मन्त्री छान्दै एमाले, कति जनाको नाम टुंगियो ?

    काठमाडौं । नेकपा एमालेले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्री चयन गर्दैछ ।

    अहिलेसम्म राम रानाको नाम टुंगिएको र अरु नामका विषयमा छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

    एमालेका सबै ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको छ र उहाँले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

    मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेलाई पनि सहभागी गराउने तयारी गरेकाले मन्त्रीको नामका विषयमा छलफल भइरहेको भण्डारीले बताउनुभयो । ‘मुख्यमन्त्रीसँग छलफलपछि निर्णयमा पुग्छौं’, उहाँले भन्नुभयो।

    नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहबाट रामकुमार खत्री र सम्शेर राईको नाम चर्चामा छ । तर टुङ्गो लागेको छैन । ‘संकटमा साथ दिएका सबै (८ जना) सरकारमा सहभागी हुन्छन्’, मुख्यमन्त्री कार्की निकट स्रोतले भन्यो, ‘सुरुमा को जाने भन्ने टुङ्गो लागेको छैन ।’


    आइतवार, आश्विन २८ २०८००१:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij