Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

  • शुक्रवार, आश्विन २६ २०८०

  • 632
    SHARES

  • राष्ट्रियसभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
    काठमाडौं । राष्ट्रियसभाले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ ।  शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहनुभएको छ ।
     
    त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहनुभएको छ। त्यस्तै डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहनुभएको छ । मस्यौदा समितिले राष्ट्रियसभा र समितिमा सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रियसभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखा परेको कठिनाइहरू पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश गर्ने जनाइएको छ ।
     
    समितिले सदस्यहरू मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्याअवधि दिइएको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्नुभएको छ। 


    शुक्रवार, आश्विन २६ २०८००४:४७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij