Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

बस र मोटरसाईकल ठोकिदा दुईजनाको मृत्यु

बस र मोटरसाईकल ठोकिदा दुईजनाको मृत्यु

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.2K
    SHARES

  • बस र मोटरसाईकल ठोकिदा दुईजनाको मृत्यु

    स्याङजा  । स्याङजाको भीरकोट नगरपालिका–१ दार्सिङमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङबाट भीरकोट तर्फ आईरहेको ग १ क ४३७० नम्बरको बस र विपरित दिशाबाट गईरहेको ग १३ प २८१४ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा घाईते भएका भीरकोट नगरपालिका ३ घर भई कपिलबस्तु बस्ने ३१ बर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ नै घर भई वालिङ नगरपालिका बस्ने ५८ बर्षीय ढालबहादुर रानाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


    शुक्रवार, आश्विन २३ २०७७०८:०४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij