काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ६ जना उपाध्यक्ष र एक युवा उपाध्यक्षले अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन ।
बिधान अनुसार ६ जना उपाध्यक्ष र १ जना युवा उपाध्यक्ष रहने व्यवस्था अनुसार उहाँलाई ती ७ उपाध्यक्षले समर्थन गर्दै उहाँको टिममा रहने घोषणा गरेका हुन । उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका मलेसियाबाट हालका सचिव खगेन्द्र न्यौपाने, जापानबाट हालका उपाध्यक्ष रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद रहेका छन ।
शर्मालाई समर्थन गर्दै सबै क्षेत्रबाट मिलाएर उपाध्यक्षहरु खुलेका छन । उपाध्यक्षमा सबै क्षेत्र र बिचारका उम्मेदवारहरु रहेका छन । उपाध्यक्षमा उम्मेदवार सार्वजनिक गरिएका सबै चिर परिचीत अनुहार एनआरएनए अभियानमा बर्षौ बिताएका अभियन्ताहरु रहेका छन । ४० देशका गैरआवासीय अभियन्ता भेटेर उनिहरुको साथ समर्थन बटुलेर शर्मा सोमबार काठमाडौं आइपुग्नु भएको छ ।
शर्माले कर्मभूमि कतारबाट २४ महिनामा २४ वटा बाचा सार्वजनिक गर्दै आफनो उम्मेदवारी घोषणा गर्नु भएको थियो । एनआरएनएको एघारौ महाअधिवेशन यही अक्टोवर १७ देखी २० सम्म हुदैछ । हालसम्म अध्यक्षमा शर्मासहित महेश श्रेष्ठ, बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन । उनिहरुसँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।