Nov 18 2026 | २०८३, मंसिर ३ गते

२०८३, मंसिर ३ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले आफ्नै सरकारलाई धम्की दिएको भन्दै कोइरालाको कटाक्ष

प्रचण्डले आफ्नै सरकारलाई धम्की दिएको भन्दै कोइरालाको कटाक्ष

  • शनिवार, आश्विन २० २०८०

  • 443
    SHARES

  • प्रचण्डले आफ्नै सरकारलाई धम्की दिएको भन्दै कोइरालाको कटाक्ष

    काठमाडौं। कांग्रेस नेता डा शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई अराजकतातिर धकेलेको आरोप लगाउनु भएको छ।

    पछिल्लो समय मुलुकका विभिन्न सामाजिक विद्वेष देखिनुमा प्रधानमन्त्री प्रचण्डबाट बेलाबेला व्यक्त भइरहेका जातजातिबीच द्वन्द्व हुने खाले भाषण रहेको उहाँले टिप्पणी गर्नुभएको हो।

    आज कांग्रेस गोरखाको सहिद लगन–काठमाडौं गाउँ सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्री प्रचण्डले आफ्नै सरकारलाई धम्की दिएको कटाक्ष गर्नुभयो।

    कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड अराजक बनेपछि अब विकल्प खोज्नुपर्ने बेला आएको शेखरले दाबी गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले केही साताअघि विराटनगर पुगेर माओवादीलाई जिताए जातीय राज्य दिने ग्यारेन्टी गरिने भाषण दिनुभएको थियो।

    देशमा फैलिएको अराजकता रोक्ने हैसियत कांग्रेसमा मात्र रहेकाले अब सरकारको नेतृत्व लिनैपर्ने अवस्था आएको कोइरालाले ठोकुवा गर्नुभयो।

    पछिल्लो समय धरान, इटहरी, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिएर प्रचण्डलाई हटाउनुपर्ने उहाँको भनाइ छ।


    शनिवार, आश्विन २० २०८००२:२३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij