Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक पेस

प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक पेस

  • बिहिवार, आश्विन १८ २०८०

  • 673
    SHARES

  • प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक पेस
    काठमाडौं । प्रतिनिधि सभाको बिहीबार(आज)को बैठकमा ‘विद्युत् विधेयक–२०८०’ पेस भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेस गर्नुभएको हो। 
     
    उहाँले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्‌मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताउनुभयो। 
     
    आजको बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहनुभएका उहाँ विसं २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका थियो। 
     
    पूर्वसामान्य प्रशासनमन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो।
     


    बिहिवार, आश्विन १८ २०८००५:३७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij