Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने

  • बिहिवार, आश्विन १८ २०८०

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जानुहुने भएको छ। प्रधानमन्त्री शुक्रबार बझाङको निरीक्षणमा जाने उहाँको सचिवालयले जनाएको छ। 
     
    मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्लामा असर पुर्‍याएको छ। सबैभन्दा बढी बझाङमा क्षति पुगेको छ। भूकम्पको केन्द्रबिन्दु रहेको बझाङमा १ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्। 
     
    भूकम्पका कारण बझाङमा ७० वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ। 
     
    भूकम्पका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा गरी १०७ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ३६२ घरमा आंशिक क्षति पुगेको छ। 
     
    बझाङ भूकम्पपछि प्रधानमन्त्री प्रचण्डले बिहीबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाउनुभएको थियो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिनुभएको थियो। 
     


    बिहिवार, आश्विन १८ २०८००१:०१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij