Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना संक्रमणबाट एकैदिन ९ सय ६४ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट एकैदिन ९ सय ६४ जनाको मृत्यु

  • शुक्रवार, आश्विन २३ २०७७

  • 934
    SHARES

  • भारतमा कोरोना संक्रमणबाट एकैदिन ९ सय ६४ जनाको मृत्यु

    एजेन्सी । कोरोना संक्रमणबाट प्रभावित भारतमा पछिल्लो २४ घण्टामा ७० हजारभन्दा बढी संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान दिएको जानकारीअनुसार ७० हजार ४ सय ९६ संक्रमित थपिएका हुन। भारतमा एकै दिनमा ९७ हजारभन्दा बढी संक्रमित थपिएकामा पछिल्ला दिनमा यो संख्या घटेको हो ।

    भारतमा कूल संक्रमितको संख्या ६९ लाख ६ हजार १ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६ हजार ४ सय ९० जनाको मृत्यु भएको छ भने ५९ लाख ६ हजार ७० संक्रमित निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ८ लाख ९३ हजार ५ सय ९२ पुगेको छ ।


    शुक्रवार, आश्विन २३ २०७७११:३३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij