Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

  • सोमवार, आश्विन १५ २०८०

  • 706
    SHARES

  • सरकारको सुशासन अभियानविरुद्ध संगठित आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाउनुभएको छ ।

    सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले तस्कर तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा त्यसका संरक्षणकर्ताद्वारा सरकारमाथि आक्रमक रुपमा प्रहार भइरहेको बताउनुभएको हो ।

    ‘गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचारको निरन्तरता तैं चुप मैं चुपको यथास्थिति कायम हुन सक्दैन’, उहाँले भन्नुभयो । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई जारी राख्ने उहाँले पटकपटक दोहोर्‍याउनु पार्ये ।

    ‘सरकार विशिष्ट कार्यभारसहित अगाडि बढिरहेको छ । सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिका कार्यभार हामीले लिएका छौं’, उहाँले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले करिब ६ दशक लामो संघर्ष गरेर संविधानसभाबाट जारी भएको संविधानको कार्यान्वयन गर्दै सरकार क्रमशः अगाडि बढ्ने बताउनुभयो।

    उहाँले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबिन भइरहेको बताउनुभयो ।


    सोमवार, आश्विन १५ २०८००३:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij