Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात, दुई जना पक्राउ

काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात, दुई जना पक्राउ

  • आइतवार, आश्विन १४ २०८०

  • 1.5K
    SHARES

  • काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात, दुई जना पक्राउ
    काठमाडौं । राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रूपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । 
     
    उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिनुभयो । 
     
    आइतबार काठमाडौं मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए । 
     
    प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो ।  बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै  आफूमाथि कुटपिट भएको खड्काले बताउनुभएको छ । 
     
    डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको बताइएको छ  । शनिबार मात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो । सहमति लगत्तै चिकित्सकहरूको आन्दोलन फिर्ता भएको थियो । 


    आइतवार, आश्विन १४ २०८००२:३६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij