काठमाडौं । नेकपा एसका नेता भानुभक्त जोशीले पार्टीभित्र अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट नभएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टीका बैठकहरुमा नेताहरुको कुरा सुन्दा खासै समस्या नदेखिएकाले एउटा पार्टीबाट विद्रोह गरेर नयाँ रुपमा आएकाले सचेत भएको स्पष्ट पार्नुभयो ।
नेकपा एस मात्र नभई सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गराउन लाग्नुपर्ने बेला पार्टी र देशकै नेतृत्व सम्हालिसकेका नेताले पार्टी विभाजन गर्लान् भन्ने नलागेको समेत नेता जोशीको भनाइ छ ।
मुलुकको बिग्रँदो आर्थिक अवस्था सुधार्न सबै राजनीतिक दलहरु मिलेर छलफल चलाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।