Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र सिचुवान प्रान्तका पार्टी सेक्रेटरीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सिचुवान प्रान्तका पार्टी सेक्रेटरीबीच भेटवार्ता

  • शुक्रवार, आश्विन १२ २०८०

  • 714
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र सिचुवान प्रान्तका पार्टी सेक्रेटरीबीच भेटवार्ता
    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ छिओहुइ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
     
    भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी,प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी सम्झौताको स्मरण गर्दै छुङकिङ,तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरूसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
     
    प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वयनले नेपाल अब भूपरिवेष्टित देश होइन भू—सम्बन्ध जोड्ने देश भएको बताउनुभयो। सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र  नेपाल—चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
     
    नेपाल र चीनबीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको समेत वाङले बताउनुभयो। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल शनिबार(भोलि) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ।


    शुक्रवार, आश्विन १२ २०८००५:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij