Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपतिको गलत कदम: हरि ढकाल

जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपतिको गलत कदम: हरि ढकाल

  • शुक्रवार, आश्विन १२ २०८०

  • 529
    SHARES

  • जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपतिको गलत कदम: हरि ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता हरि ढकालले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपति रामचन्द्र पौडेलको गलत कदम भएको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले गणतन्त्र र लोकतन्त्रको सर्वोच्च संस्था राष्ट्रपतिले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु ठिक नभएको बताउँदै उहाँले यो गलत नजिर भएको बताउनुभएको हो ।

    पार्टीगत पहुँच र सिफारिसका आधारमा अपराधमा जोडिएकालाई विभिन्न दिवस पारेर उन्मुक्ति दिने हो भने जेल नै खाली हुने र व्यवस्थाप्रति नै आम नागरिकको भरोसा टुट्ने नेता ढकालको भनाइ छ ।

    भ्रष्टाचारका काण्डमा सरकारले देखाउनका लागि मात्र काम गरेको पनि उहाँको आरोप छ । आफ्नो पार्टी स्थापना नै भ्रष्टाचार विरुद्ध र सुशासन प्रवर्द्धनका लागि भएको दाबी गर्दै उहाँले सरकारले केही गरेको छु भन्ने देखाउनका लागि मात्र काण्डहरुको छानबिन गरेको आरोप लगाउनुभयो । साथै उहाँले भ्रष्टाचारको छानबिनमा पनि लेनदेन भएको आरोप लगाउनुभएको छ ।


    शुक्रवार, आश्विन १२ २०८०१०:२२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij