Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मणिपाल अस्पतालमा डाक्टर कुटपिट घटना : इन्स्पेक्टर निलम्बित, डीएसपीको सरुवा

मणिपाल अस्पतालमा डाक्टर कुटपिट घटना : इन्स्पेक्टर निलम्बित, डीएसपीको सरुवा

  • बुधवार, आश्विन १० २०८०

  • 1.3K
    SHARES

  • मणिपाल अस्पतालमा डाक्टर कुटपिट घटना  : इन्स्पेक्टर निलम्बित, डीएसपीको सरुवा

    काठमाडौं। पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सक कुटपिट घटनामा २ प्रहरी अधिकारी कारबाहीमा परेका छन्। अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछी उत्पन्न प्रकरणमा १ जना प्रहरी इन्स्पेक्टरलाई निलम्बन गरिएको छ भने १ डिएसपिलाई सरुवा गरिएको छ।

    अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको हो। उत्त विवादमा ‘विवादास्पद अभिव्यक्ति’ दिएका श्रेष्ठलाई निलम्बन गरिएको हो। यस्तै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत डिएसपी वेद प्रकाश जोशीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिनुभयो ।

    विवाद उत्पन्न भएपछी वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए। इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी कार्यालयबाट प्रदर्शन स्थलमा खटिएका थिए।प्रहरी प्रधान कार्यालयले बैदाममा डिएसपी राजेन्द्र श्रेष्ठलाई सरुवा गरेको छ। श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए।


    बुधवार, आश्विन १० २०८००५:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij