Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा आज दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो

नेप्सेमा आज दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो

  • बुधवार, आश्विन १० २०८०

  • 976
    SHARES

  • नेप्सेमा आज दोहोरो अंकको गिरावट, कारोबार रकम पनि ह्वात्तै घट्यो

    काठमाडौं। सेयर बजारमा आज दोहोरो अंकको गिरावट भएको छ। बजार परिसूचक नेप्से आज १८.६० अंकको गिरावट हुँदा २००४.३०को विन्दुमा झरेको छ। हिजो २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से आज ‘इन्ट्रा–डे’ कारोबारमा २ हजारको विन्दुबाट झरेर १९९३.४६मा पुगेकोमा अन्तिममा केही सुधारीएर २ हजारको विन्दुमाथि नै बन्द भएको हो।

    आज नेप्सेका सबै उपसूचक गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो। लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक आज सर्वाधिक गिरावट भएको छ।हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.४२ प्रतिशत, व्यापार उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.३८ प्रतिशतले गिरावट भयो ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो २ अर्ब नाघेको कारोबार रकम आज भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो। ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो।


    बुधवार, आश्विन १० २०८००५:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij