Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा जीप दुघर्टना वडाध्यक्षसहित ६ जनाको मृत्यु (अपडेट)

जाजरकोटमा जीप दुघर्टना वडाध्यक्षसहित ६ जनाको मृत्यु (अपडेट)

  • बुधवार, आश्विन २१ २०७७

  • 803
    SHARES

  • जाजरकोटमा जीप दुघर्टना वडाध्यक्षसहित ६ जनाको मृत्यु (अपडेट)

    जाजरकोट । जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

    एक जना गम्भीर घाइते भएका छन्। जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो।
     
    प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाहीको मृत्यु भएको छ।

    त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र मटेलाकी २५ वर्षीया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिए। 

    एक जना मजकोट खोलामा बेपत्ता भएका छन्। वडा नम्बर ११ का नरबहादुर बुढा गम्भीर घाइते भएका छन्। 


    बुधवार, आश्विन २१ २०७७०७:५७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij