Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने आयल निगमको तयारी

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने आयल निगमको तयारी

  • मंगलवार, आश्विन ९ २०८०

  • 2.1K
    SHARES

  • सर्वसाधारणका लागि आईपीओ जारी गर्ने आयल निगमको तयारी
    काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
     
    मंगलबार(आज) नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताउनुभएको हो ।
     
    धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उहाँले बताउनुभयो ।
     
    कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सर्वसाधारण जनतालाई समेत निगममा ओनरसीप बनाउन आईपीओ जारी गर्ने उहाँको भनाइ थियो ।
     
    उहाँले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आईपीओ दिने तयारी रहेको बताउनुभयो । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने उहाँले बताउनुभयो ।


    मंगलवार, आश्विन ९ २०८००२:४२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij