Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डाक्टरहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था आयो : डा. अनिलविक्रम कार्की

डाक्टरहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था आयो : डा. अनिलविक्रम कार्की

  • मंगलवार, आश्विन ९ २०८०

  • 993
    SHARES

  • डाक्टरहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था आयो : डा. अनिलविक्रम कार्की

    काठमाडौं। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले देशभरिका डाक्टरहरु फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले डाक्टरको पेसागत सुरक्षा नभए पेशा वा देश छोड्नुपर्ने बाध्यता निम्तिने चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘नेपाल चिकित्सक संघले आन्दोलन त घोषणा गरिसकेको छैन। तर अब कडा आन्दोलन नगरी होला जस्तो छैन। हेटौंडा घटनापछि पनि डाक्टर र स्वास्थ्यकर्मी कुटिने क्रम रोकिएन । हिजो मात्र लमजुङमा वडाध्यक्षले डाक्टरलाई कुटेका छन् ।

    पोखरामा बिरामी र पुलिस दुवैले डाक्टरहरुलाई कुटेका छन् । चितवनको माडीमा राति डाक्टरहरुलाई घेरा हाले,आफैं असुरक्षित भएर डाक्टरले कहिलेसम्म सेवा दिने ? अब आन्दोलन गर्नेभन्दा पनि पेशा छोड्ने वा देश छाड्नुपर्ने बाध्यता आउन सक्छ ।’

    डा. कार्कीले सरकारसँग डाक्टरहरुलाई सुरक्षितपूर्वक काम गर्ने वातावरण दिन माग गर्नुभयो ।


    मंगलवार, आश्विन ९ २०८०११:१४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij