Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारले शिक्षकहरुलाई विभाजन गरेरै छाड्यो : केपी शर्मा ओली

सरकारले शिक्षकहरुलाई विभाजन गरेरै छाड्यो : केपी शर्मा ओली

  • सोमवार, आश्विन ८ २०८०

  • 690
    SHARES

  • सरकारले शिक्षकहरुलाई विभाजन गरेरै छाड्यो : केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग सरकारले चलाखी गरेको टिप्पणी गर्नुभएको छ ।

    पार्टीको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई विभाजन गरेको आरोप लगाउनुभयो ।

    ‘सरकारलाई ढुक्क लागेको होला शिक्षकभित्र स्थायी, अस्थायी, करारावाला भनेर विभाजन गरेँ, केहीलाई फिर्ता गरेँ, केहीलाई सडकमा पठाएँ, कमजोर भयो भनेर ।’ ओलीले भन्नुभयो, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन। सत्य एउटै हुन्छ । सत्यसँग सिङ नजुदाउनुस्, ढिलो चाँडो भाँचिन्छ। शिक्षकहरूसँग दम्भ नदेखाउनुस्‚ चलाखी नगर्नुस्।’

    सरकारसँग शुक्रबार ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकहरूले त्यसलाई धोका भन्दै आन्दोलन जारी राखेका छन्।


    सोमवार, आश्विन ८ २०८००४:१९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij