Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

  • सोमवार, आश्विन ८ २०८०

  • 847
    SHARES

  • नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौं। नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १० वटा सम्झौता र ३ वटा समझदारी पत्र आदान प्रदान गर्नुभएको छ।

    यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो।

    श्रेष्ठ र चिनियाँ अधिकारीले नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदानप्रदान गर्नुभएको हो ।

    यसैगरी वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता आदानप्रदान गर्नुभएको छ।

    शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीले विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता आदानप्रदान गर्नुभएको छ।

    चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्र आदान प्रदान भएको छ ।

     


    सोमवार, आश्विन ८ २०८०१२:३५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij