Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पहिलो पटक ग्लोबल भक्ती संगीत उत्सब हुने

पहिलो पटक ग्लोबल भक्ती संगीत उत्सब हुने

  • बुधवार, आश्विन २१ २०७७

  • 1.9K
    SHARES

  • पहिलो पटक ग्लोबल भक्ती संगीत उत्सब हुने

    काठमाडौं । नेपाल मानव धर्म सेवा समितीको आयोजनामा पर्सि (शुक्रबार) ग्लोबल भक्ती संगीत उत्सब २०७७ को आयोजना हुने भएको छ ।

    आज (बुधबार) भर्चुअल पत्रकार सम्मेलन गरि कोरोना भाइरसको महामारीको असहज परिस्थितिको चपेटामा परेका मनलाई सांगितिक राहत प्रदान गर्ने तथा नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोे समितीले जनाएको छ ।

    जुम प्लेटफर्म मार्फत हुने भक्ती संगीत उत्सबमा नेपालसहित १७ वटा देशका कलाकारको प्रस्तुती रहनेछ। सो दिन नेपालसहित, भुटान, बेलायत, क्यानाडा, दुवइ, भारत, अमेरिका, मोरिसस, केन्या, अष्ट्रेलिया लगायतका देशका कलाकारले प्रस्तुती दिनेछन्। कार्यक्रममा भक्ती संगीतका साथै सांस्तृतिक नृत्यहरु पनि समावेश गरिनेछ।


    कार्यक्रमले मानव मनलाइ आनन्द र शान्ती प्रदान गर्नुका साथै नेपाली लोक बाजा र संस्कृतिको प्रवद्र्घन, परम्परागत गायनको प्रचार प्रसार र नेपाली गीत संगीत प्रति युवा पुस्तालाई आकर्षित गर्न सहयोग पुग्ने समितीका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताउनु भयो।

    साँझ ५ बजेबाट सुरु हुने उत्सबमा आनि छोइङ डोल्मा, वरिष्ठ गिटारिष्ट अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुती ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतले प्रस्तुती दिनेछन्।

    यस्तै नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुती पनि कार्यक्रमका आकर्षण रहनेछन्। २९ वटा प्रस्तुती रहने कार्यक्रममा जुम मार्फत संसारभरीबाट सहभागी हुन सकिने समितीले जनाएको छ।


    बुधवार, आश्विन २१ २०७७०७:०९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij