Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी सम्बन्धि जाँचबुझ गर्न बन्ने भनिएको आयोगमा मतभेद

सुन तस्करी सम्बन्धि जाँचबुझ गर्न बन्ने भनिएको आयोगमा मतभेद

  • आइतवार, आश्विन ७ २०८०

  • 599
    SHARES

  • सुन तस्करी सम्बन्धि जाँचबुझ गर्न बन्ने भनिएको आयोगमा मतभेद

    काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने दलहरुबीचको एक महिनाअघिको सहमति कार्यान्वयन गर्न दलहरुलाई सकस परेको छ ।

    आयोग गठनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको आइतबार भएको छलफलमा पनि आयोगको क्षेत्राधिकारमा कुरा नमिल्दा विना सहमति सकिएको छ । शुक्रबारको छलफलमा पनि क्षेत्राधिकारमा कुरा मिलेको थिएन ।

    गत भदौ ६ गते आयोग गठन गर्ने दलहरुबीच सहमति भएपनि आयोगको क्षेत्राधिकारका विषयमा सत्ता र प्रतिपक्षबीच मतभेद हुँदा आयोग गठनका विषयमा सहमति जुट्न नसकेको हो । सरकार पक्षले आयोगको क्षेत्राअधिकार कमजोर बनाउन खोजेको प्रमुख प्रतिपक्षको भनाइ छ भने सत्तापक्षले एमालेले भदौ ६ को सहमति भन्दा बाहिर गएर थप विषयहरु प्रवेश गराउन खोजेको आरोप लगाउँदै आएको छ ।

    आइतबारको छलफलमा आयोग गठन गर्ने र क्षेत्राधिकार के–के हुने भन्ने विषयमा सत्ता पक्ष र आफूहरुबीच भएको छलफलमा पनि सहमति जुट्न नसकेको एमाले नेता महेश बर्तौलाले जानकारी दिनुभयो ।

    गृह मन्त्रालयमा भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो।


    आइतवार, आश्विन ७ २०८००५:००:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij