Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

  • आइतवार, आश्विन ७ २०८०

  • 1.9K
    SHARES

  • “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

    काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उद्देश्यले “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला भएको छ । यस अवार्ड सुजन म्युजिक प्रा।लि। अनामनगर, काठमाडौंले आयोजना गर्न लागेको हो ।

    सो अवार्ड कार्यक्रममा बिभिन्न ३५ विधामा अवार्ड बितरण गरिने छ भने सांगीतिक क्षेत्रमा योग्दान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने कुरा आयोजक कमिटीकी अध्यक्ष चर्चित गायिका जमुना राना मगरले जानकारी गराएकी छिन् । साथै यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा हुने छ भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने उनले जानकारी गराईन् ।

    सम्मानित स्रष्टा र ब्यक्तिहरुको नाम नोमिनेशनको दिन सार्वजनिक गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ । काठमाडौंमा नभएकाहरुले अवार्डको ईसेवाबाट पनि फारम भर्न सकिने छ । मनोनयन फारम शुल्क एक हजार रुपैया रहेको छ । विस्तृत जानकारीको लागी ९८४१७६६९१८ मा सम्पर्क गर्न सकिने छ । आयोजक कमिटीको अध्यक्ष जमुना राना मगर रहेकी छिन् भने संयोजकको रुपमा कुमार थापा रहेका छन् ।

    FARAM-FF-SUJAN-1-1-724x1024.jpg


    आइतवार, आश्विन ७ २०८००१:५५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij