Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड नेतृत्वको सरकार असफल भइसक्यो, यसलाई फेर्नुपर्छ: डा.गोविन्दराज पोखरेल

प्रचण्ड नेतृत्वको सरकार असफल भइसक्यो, यसलाई फेर्नुपर्छ: डा.गोविन्दराज पोखरेल

  • आइतवार, आश्विन ७ २०८०

  • 627
    SHARES

  • प्रचण्ड नेतृत्वको सरकार असफल भइसक्यो, यसलाई फेर्नुपर्छ: डा.गोविन्दराज पोखरेल

    काठमाडौं । नेपाली कांग्रेस नेता डा.गोविन्दराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले सरकार बनेपछि एकाध आयोजना अघि बढे पनि समग्रमा सरकारको काम नदेखिएको स्पष्ट पार्नुभयो

    मुलुकमा सरकार नै नभएको स्थिति रहेकाले अब यो सरकारलाई राखेर काम नभएको पोखरेलको भनाइ छ । यस्तै उहाँले विभिन्न भ्रष्टाचार प्रकरणमा कांग्रेस र एमालेका एक–एक नेतालाई थुनामा राख्ने तर माओवादी नेताको नाम आउनासाथ काखापाखा गर्ने सरकारले निकास नदिने भएकाले सरकारको नेतृत्व फेर्नुपर्नेमा जोड दिनुभयो ।

    साथै उहाँले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन नसकेको र महँगी नियन्त्रण गर्न पनि नसकेको आरोप पनि लगाउनुभएको छ ।

    यता, प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा बीआरआई परियोजना अन्तर्गत अनुदान सम्झौता मात्र गर्न सक्ने नेता पोखरेलको भनाइ छ । चीनले नेपाललाई आर्थिक सहयोग गर्दागर्दै पनि आन्तरिक राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने गरेकाले नेपाल र चीन सम्बन्ध विवादित बन्न थालेको डा. पोखरेलले बताउनुभयो ।


    आइतवार, आश्विन ७ २०८००८:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij