Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचीत

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचीत

  • शनिवार, आश्विन ६ २०८०

  • 864
    SHARES

  • नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचीत

    काठमाडौं।नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती चयन भएको छ।नयाँ कार्यसमितिको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा पारस खड्का निर्वाचित भएका छन्।

    आज भएको क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

    अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे।क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए।

    महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे।

    त्यस्तै खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द, करन महत्रा क्षेत्री भए। त्यस्तै खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन्।


    शनिवार, आश्विन ६ २०८००७:१३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij