Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारले तस्करहरुलाई उन्मुक्ति दिने र संरक्षण गर्ने काम गरिरहेको छ: पदम गिरी

सरकारले तस्करहरुलाई उन्मुक्ति दिने र संरक्षण गर्ने काम गरिरहेको छ: पदम गिरी

  • शनिवार, आश्विन ६ २०८०

  • 492
    SHARES

  • सरकारले तस्करहरुलाई उन्मुक्ति दिने र संरक्षण गर्ने काम गरिरहेको छ: पदम गिरी

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका प्रमूख सचेतक पदम गिरीले सरकारले तस्करहरुलाई उन्मुक्ति दिने र संरक्षण गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका गिरीले सुन तस्कर प्रकरणमा उच्च स्तरीय छानिव समिती बनाउन जनाएको सहमति कार्यन्वयन नगरि मुलुकलाई फेरि तस्करीहरुको हब बनाएर राख्ने खालको दुराशयपूर्ण सोचका साथ अगाडि बढेको आरोप लगाउनुभएको हो ।

    सरकारले देशमा तस्करलाई फेरि पनि कायम राख्न चाहन्छ भन्ने कुरा प्रस्टै देखिएको उहाँको भनाइ छ । सरकारको काम र पछिल्लो क्रियाकलापमा आफूहरु कुनै पनि हालतमा सहमत नहुने र खबरदारी गरिरहने नेता गिरीले चेतावनी दिनुभयो ।

    लाचार र गैरजिम्मेवार बनेर सरकारले सबै सहमति लत्याएको नेता गिरीको आरोप छ । सुन तस्करी प्रकरणमा एमालेले माग राखेको उच्च स्तरीय छानिवन समिती गठन गर्ने सहमतिपछि पनि अझैं गठन नहुँदा एमाले फेरि पनि असन्तुष्ट बनेको छ ।

    हिजो असोज ५ गते सहमती बनेर काम अगाडि बढ्नुपर्ने अवस्थामा पनि नबन्दा एमालेले सरकारलाई तस्करको संरक्षणमा लागेको आरोप लगाइरहेको हो ।


    शनिवार, आश्विन ६ २०८००९:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij