Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सरकारलाई कांग्रेसको प्रश्न– डा केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

सरकारलाई कांग्रेसको प्रश्न– डा केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

  • बुधवार, आश्विन २१ २०७७

  • 1.5K
    SHARES

  • सरकारलाई कांग्रेसको प्रश्न– डा केसीसँग कुरै नगरी कात्रो पठाउने तयारी हो ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीका मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेको छ । २४ दिन देखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले बेवास्ता गरेको भन्दै आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आक्रोश पोखेको हो ।

    ’लोकतन्त्र भर्सेस कम्युनिष्टतन्त्रमा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा केसीको आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कांग्रेसका पालामा डा केसीका थुप्रै माग सम्बोधन गरिएको दाबी कांग्रेसको छ । कांग्रेसका पालामा पूरा गरिएका माग उल्टाएको आरोप समेत कांग्रेसले सरकारलाई लगाएको छ ।

    २४ दिनयता अनसन बस्दा डा केसीको स्वास्थ्य अवस्था कमजोर भएपनि उहाँले उपचार लिन मान्नुभएको छैन । सरकारले भने बेला सुहाँउदो नभएको भन्दै डा केसीलाई गलाएर अनसन तोडाउने पक्षमा छ । तर केसीले आफ्ना माग पूरा नहुन्जेल अनसन नतोड्ने अडान राख्दै आउनुभएको छ ।

    विज्ञप्ति हेर्नुस्

    EjtrvyEVkAAE7iW.jpg


    बुधवार, आश्विन २१ २०७७०४:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij