Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक गृहजिल्ला तनहुँ जाँदै, कस्तो छ तयारी ?

राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक गृहजिल्ला तनहुँ जाँदै, कस्तो छ तयारी ?

  • बिहिवार, आश्विन ४ २०८०

  • 878
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक गृहजिल्ला तनहुँ जाँदै, कस्तो छ तयारी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जानुहुने भएको छ। राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो ।

    व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमाडौं फर्किने कार्यसूची छ ।

    बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा रहेको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

    साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नुहुनेछ। करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ ।

    राष्ट्रपतिको सुरक्षाका लागि तनहुँमा सुरक्षाका सबै संयन्त्र तैनाथ पारिएको छ ।


    बिहिवार, आश्विन ४ २०८००२:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij