Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

देउवा र कोइराला दुवैको चाहन पार्टीलाई बलियो बनाउने छ: रामहरि खतिवडा

देउवा र कोइराला दुवैको चाहन पार्टीलाई बलियो बनाउने छ: रामहरि खतिवडा

‘देखिएका केही दूरी केन्द्रीय समितिको बैठकबाट घट्छन्’
  • बिहिवार, आश्विन ४ २०८०

  • 464
    SHARES

  • देउवा र कोइराला दुवैको चाहन पार्टीलाई बलियो बनाउने छ: रामहरि खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आज बस्ने केन्द्रीय समितिको बैठकबाट पार्टी बलियो र दह्रो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेपाली रेडियो नेटर्वको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्य व्यवस्था समितिका सभापति रहनुभएका खतिवडाले देउवा र कोइराला दुवै नेताको चाहना पार्टी कमजोर होस् भन्ने नभएकाले पार्टीलाई बलियो र दह्रो बनाउने नै इच्छा रहेको स्पष्ट पार्नुभयो ।

    कोइरालाका केही कुरा सभापति देउवाले सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । दुवै नेताको चिन्ता पार्टीलाई अघि बढाउने नै भएको दाबी गर्दै उहाँले देउवाको यो अन्तिम कार्यकाल रहेकाले कोइरालाका केही कुरा सम्बोधन गरेरै जाने बताउनुभयो । दुई नेताको बीचमा भएका केही दूरी आजको बैठकबाट घट्ने पनि उहाँको विशवास छ ।

    कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
    बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने छ ।

    यस्तै, अर्को प्रसंगमा उहाँले शिक्षकहरुको समस्या समाधानका लागि वार्ताको विकल्प नभएको पनि बताउनुभएको छ ।

     

     


    बिहिवार, आश्विन ४ २०८००९:३१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij