Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संविधान बनाउँदा गल्ती भएका छन्, संशोधन, परिमार्जन र फेरबदल आवश्यक छ: संविधानविद् डा. संग्रौला

संविधान बनाउँदा गल्ती भएका छन्, संशोधन, परिमार्जन र फेरबदल आवश्यक छ: संविधानविद् डा. संग्रौला

  • बुधवार, आश्विन ३ २०८०

  • 578
    SHARES

  • संविधान बनाउँदा गल्ती भएका छन्, संशोधन, परिमार्जन र फेरबदल आवश्यक छ: संविधानविद् डा. संग्रौला

    काठमाडौं । संविधानविद् डा. युवराज संग्रौलाले वर्तमान संविधान बनाउँदा गल्ती भएको बताउनुभएको छ ।

    नेपाली रेडयो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै संग्रौलाले संविधान निर्माणमा भएका गलतीको जिम्मेवारी संविधान निर्माताले नै लिनुपर्नेमा जोड दिनुभयो ।

    यस्तै संग्रौलाले प्रतिनिधिसभा भौगोलिक प्रतिनिधित्वमा सीमित भएको र सबै वर्ग, व्यवसाय, सम्प्रदाय र बौद्धिक प्रतिनिधित्व नभएको औँल्याउनुभयो ।

    प्रतिनिधिसभाले बनाएको कानुन महँगो भएको बताउँदै उहाँले एउटा कानुन बनाउन एक अर्बसम्म खर्च गर्ने प्रवृतिको दोषी दलहरु नभएर संविधान निर्माताको भएको तर्क गर्नुभएको छ ।

    राजनीतिक दलहरुले न्यायपालिका र नागरिक समाजलाई थङथिलो पारेको समेत उहाँको आोप छ । वर्तमान संविधानमा केही कुरामा संशोधन, केही कुरामा परिमार्जन र केहीमा भाषाको फेरबदल आवश्यक रहेको पनि संग्रौलाले स्पष्ट पार्नुभयो ।


    बुधवार, आश्विन ३ २०८००९:४६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij