Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा लिएको छैन: असीम शाह

पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा लिएको छैन: असीम शाह

  • मंगलवार, आश्विन २ २०८०

  • 782
    SHARES

  • पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा लिएको छैन: असीम शाह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको स्पष्ट पार्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले यस्तो नीति नै नभएकाले मन्त्री बनाउन पार्टीले पैसा मागेको कुरा सही हुनै नसक्ने बताउनुभयो ।

    रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई कसैले बेबकुफ बनाएको बताउँदै शाहले आफ्नै बयान फेरिरहने श्रेष्ठसंग कसले र कसरी पैसा माग्यो आफूहरुलाई थाहा नभएको स्पष्ट पार्नुभयो ।

    भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियान चलिरहेका बेला कसैलाई संरक्षण नगर्ने र दोषि ठहरिए कारवाही गरिने पनि सांसद शाहको भनाइ छ ।

    सरकारले भ्रष्टाचारका फाइल खोले पनि परिणाम नआएको बताउँदै उहाँले आफ्ना नेता बचाउँदै जाने, अरुलाई पोल्दै जाने तरिकाले परिणाम दिन नसक्ने दाबी गर्नुभयो । यस्तै उहाँले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनुपर्ने औंल्याउनुभयो ।

     


    मंगलवार, आश्विन २ २०८०१०:१३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij