Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तीजले समतामूलक समाज निर्माण गर्न उत्साह मिलोस् : सभामुख घिमिरे

तीजले समतामूलक समाज निर्माण गर्न उत्साह मिलोस् : सभामुख घिमिरे

  • सोमवार, आश्विन १ २०८०

  • 640
    SHARES

  • तीजले समतामूलक समाज निर्माण गर्न उत्साह मिलोस् : सभामुख घिमिरे
    काठमाडौं । सभामुख देवराज घिमिरेले हिन्दु महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
     
    भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको पर्व तीज भएको उल्लेख गर्दै उहाँले सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन सन्देशमा उल्लेख गर्नुभएको छ ।
     
    सभामुख घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो । तर, यस पर्वको धार्मिक–सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्त्वपूर्ण रहेको छ । लैङ्गिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो । तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा समेत विकास हुँदै गएको छ ।’
     
    मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समय क्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी उल्लेख गदै उहाँले मौलिक संस्कृति अनुरूप हरितालिका पर्व मनाउने संकल्प गरेमात्र तीजको महत्त्व झन् बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
     
    सभामुख घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीति अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।


    सोमवार, आश्विन १ २०८००७:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij