Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा हुन नसक्नु चिन्ताको विषय: डा. रोशन पोखरेल

चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा हुन नसक्नु चिन्ताको विषय: डा. रोशन पोखरेल

  • आइतवार, भाद्र ३१ २०८०

  • 655
    SHARES

  • चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा हुन नसक्नु चिन्ताको विषय:  डा. रोशन पोखरेल

    काठमाडौं । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आन्दोलनरत नेपाल चिकित्सक संघसँग वार्ताको वातावरण बनाउने कोसिस भइरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अगामी दिनमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण नहोस् र हडताल गर्न नपरोस् भनेर लागिरहेको बताउँदै उहाँले वार्तामा बस्ने वातावरण बनाएर सहमतिको कोसिस गर्ने स्पष्ट पार्नुभयो । मन्त्री मोहनबहादुर बस्नेतको पनि यहि चाहना रहेको डा. पोखरेलको भनाइ छ ।

    नेपाल चिकित्सक संघको आह्वानमा आजदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेको छ । संघले हेटौँडास्थित सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिँदा पनि कारबाही नगरेको विरोधमा आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो । स्वास्थ्य संस्था बन्द गर्दा सेवाग्राही मारमा परेका छन् ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको व्यावहारिक कार्यान्वयनको आवश्यकता रहेको औंल्याउँदै डा. पोखरेलले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षा हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    दुई डाक्टरमाथि भएको आक्रमणका दोषीलाई प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालयमा समन्वयमा कारबाहीका लागि प्रयास गरिने पौखरेलको भनाइ छ ।


    आइतवार, भाद्र ३१ २०८००९:२०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij