Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

अहिलेको सरकारले राम्रो काम गरेकाले असन्तुष्ट बन्नुपर्ने अवस्था छैन: प्रदीप यादव

अहिलेको सरकारले राम्रो काम गरेकाले असन्तुष्ट बन्नुपर्ने अवस्था छैन: प्रदीप यादव

  • शनिवार, भाद्र ३० २०८०

  • 415
    SHARES

  • अहिलेको सरकारले राम्रो काम गरेकाले असन्तुष्ट बन्नुपर्ने अवस्था छैन: प्रदीप यादव

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता प्रदीप यादवले अहिलेको सरकारले राम्रो काम गरेकाले आफ्नो पार्टी सन्तुष्ट भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका यादवले सुशासनको विषयमा अगाडि बढेको सरकारसंग असन्तुष्टि बनेर बाहिरिने अवस्था नरहेको बताउनुभयो ।

    नेपाली जनतालाई सुशासन दिलाउन लागिपरेको सरकारको समिक्षा गर्नुपर्ने बेला अहिले नै भइनसकेको बताउँदै सरकारले गरेका काममा आफूहरु सन्तुष्ट र सरकार कै पक्षमा भएको दाबी गर्नुभयो ।

    यस्तौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणको प्रसंगमा नेता यादवले भ्रमण फलदायी हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै हुनुहुन्छ । प्रधानमन्त्री साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

    उहाँले आगामी बुधवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड महासभालाई सम्बोधन गरेर असोज ५ गते न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायतका विषयमा दुई पक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारले बताएको छ ।


    शनिवार, भाद्र ३० २०८०१०:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij