Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा द्विअर्थी विषय बाहिरिए, चीनको आत्मसम्मानमा ठेस लाग्न नहुने तर्क, मुलुकको हितमा जोड दिन सुझाव (खास खबर)

प्रधानमन्त्रीको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा द्विअर्थी विषय बाहिरिए, चीनको आत्मसम्मानमा ठेस लाग्न नहुने तर्क, मुलुकको हितमा जोड दिन सुझाव (खास खबर)

  • शुक्रवार, भाद्र २९ २०८०

  • 745
    SHARES

  • प्रधानमन्त्रीको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा द्विअर्थी विषय बाहिरिए, चीनको आत्मसम्मानमा ठेस लाग्न नहुने तर्क, मुलुकको हितमा जोड दिन सुझाव (खास खबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिकामा भोलि हुने आसन्न भ्रमणको पूर्वसन्ध्यामा द्विअर्थी विषय बाहिर आएका छन् । भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि शनिबार संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । छिमेकी मुलुक चीनको भ्रमण अगावै अमेरिका जानु र उतैबाट चीन जानुले अन्तर्राष्ट्रिय रुपमा यसको सकारात्मक प्रभाव नपर्ने एकथरीको भनाइ छ । एमालेका नेता डा. भीम रावलले नेपालले हरेक मुलुकलाई दिने सम्मान बराबर हुनुपर्ने बताउनुभयो । चीन छिमेकी मुलुक भएकोले उसलाई दिने सम्मानमा कुनै असर पर्न नहुने उहाँको धारणा छ । 
     
    महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको छ । लामो समयपछि अमेरिकामा हुन लागेको भ्रमण र त्यसबाट नेपालले लिनुपर्ने फाइदाका विषयमा प्रधानमन्त्री चनाखो हुनुपर्ने सांसदहरूको सुझाव छ । एमसीसी कार्यान्वयनको चरणमा आइसकेकोले अमेरिकासँग नेपालको उपस्थिति कस्तो रहने भन्ने विषयमा भ्रमण टोली संयमित बन्न जरुरी रहेको छ । कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले मुलुकलाई हित हुने पक्षमा मात्रै प्रधानमन्त्रीको उपस्थिति रहनुपर्ने बताउनुभयो । श्रेष्ठले चीन भ्रमणमा रहँदा चुच्चे नक्साको विषयमा कुरा उठाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । 
     
    प्रधानमन्त्री प्रचण्डले आजको संसद् बैठकमा आफ्नो औपचारिक भ्रमणका विषयमा जानकारी दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीको हैसियतले हुने भ्रमणको निरन्तरता रहेको पनि प्रष्ट पार्नुभएको छ । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको उहाँको भनाइ छ । 
     
    न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्त्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।  
     


    शुक्रवार, भाद्र २९ २०८००७:५२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij