काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबी तीज टिकटक कन्टेस्ट (RBB Teej TikTok Contest) मा सहभागी भई ५०,००० सम्म पुरस्कार जित्न अनुरोध गरेको छ ।
तोकिएका ५ आरबीबी तीज (RBB Teej) ट्रयाक र गीतहरू मध्ये एकमा असोज ७ गतेसम्म टिकटक बनाएर टिकटक कन्टेस्ट मा सहभागी हुनुपर्नेछ । उक्त ट्रयाक र गीतहरू राष्ट्रिय वाणिज्य बैङ्कको अफिसियल टिकटक @rastriya_banijya_bank बाट रिलिज गरिएको छ ।
टिकटक एकल, समूह वा परिवारमा नाच, Lipsync, Acting अथवा अन्य प्रस्तुति गरेर बनाउन सकिनेछ । टिकटक पोस्ट गर्दा राष्ट्रिय वाणिज्य बैंकको अफिसियल टिकटक आइडी अनिवार्य Follow/mention गरी #RBB #RBBTeej #TapaiKoAfnaiBank लेखी पोस्ट गर्नु पर्ने छ ।

विजेताहरूमा प्रथम हुनेले ५०,०००, दोस्रोले ३०,००० र तेस्रोले २०,००० नेपाली रुपैयाँ पुरस्कार राशि पाउने छन् । विजेताहरूको छनोट टिकटक को Creativity, Acting / Engagement (Like, Comment, Share) का आधारमा गरिनेछ । ८ सर्तहरू लागु हुनेछन् ।
RBB TikTok Contest सम्बन्धी थप जानकारीको लागी Bio को Link मा Visit गर्न सकिनेछ ।
#RBB #RBBTeej #Tapaikoafnaibank
लिंकमा क्लिक गर्नुहोला ।
https://www.tiktok.com/@rastriya_banijya_bank/video/7278596895268736258