Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

  • शुक्रवार, भाद्र २९ २०८०

  • 608
    SHARES

  • प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित
    काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार(आज) सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराउनुभयो। 
     
    आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुभएको थियो। उहाँले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रचण्डले अमेरिकाबाटै आफू छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने बैठकमा जानकारी गराउनुभयो। 
     
    आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गर्नुभएको थियो। मन्त्री गुरुङले प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधि सभा बैठकले स्वीकृत गर्‍यो।


    शुक्रवार, भाद्र २९ २०८००२:३०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij