काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने सोच नराखेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले कांग्रेस सरकारबाट बाहिरिन चाहेको कुरा आफूलाई थाहा नभएको र यहि सरकार अगाडि बढोस् भन्ने चाहना भएको बताउँदै पार्टीको पनि त्यही चाहना भएको स्पष्ट पार्नुभयो ।
यस्तै अहिलेसम्म गठबन्धनमा विग्रह नदेखिएको पनि उहाँको भनाइ छ ।
शान्तिप्रक्रिया सुरु भएको १५–१६ वर्ष बितिसकेकाले यसलाई दलहरुबीच छलफल गरेर तार्किक निष्कर्षमा पु¥याउनुपर्ने बताउँदै उहाँले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा नेपालको चुच्चे नक्सा आफ्नो नक्सामा नसमेटेको बारे कुराकानी गर्नुपर्ने औंल्याउनुभयो
चीन र भारत दुवैलाई खुसी बनाएर सहयोग र समर्थन लिनुपर्ने अवस्था रहेको पनि नेता श्रेष्ठको भनाइ छ ।
यस्तै नेता श्रेष्ठले चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति सच्चाउनुपर्ने पनि जिकिर गर्नुभयो ।