Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्यालेस्टिनी शरणार्थी शिविरमा झडप, छ जनाको मृत्यु

प्यालेस्टिनी शरणार्थी शिविरमा झडप, छ जनाको मृत्यु

  • बिहिवार, भाद्र २८ २०८०

  • 1.4K
    SHARES

  • प्यालेस्टिनी शरणार्थी शिविरमा झडप, छ जनाको मृत्यु

    काठमाडौं । लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्।

    दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ।

    प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन्।

    धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन्। करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ। संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये इन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन्।


    बिहिवार, भाद्र २८ २०८००३:०१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij