Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङजस्तो सच्चरित्रवान्, असल र सहज व्यक्तिको अभाव सधैं खड्किरहन्छः लक्ष्मण कर्ण

सुवास नेम्वाङजस्तो सच्चरित्रवान्, असल र सहज व्यक्तिको अभाव सधैं खड्किरहन्छः लक्ष्मण कर्ण

  • बिहिवार, भाद्र २८ २०८०

  • 633
    SHARES

  • सुवास नेम्वाङजस्तो सच्चरित्रवान्, असल र सहज व्यक्तिको अभाव सधैं खड्किरहन्छः लक्ष्मण कर्ण

    काठमाडौं । लोसपाका वरिष्ठ नेता लक्ष्मण कर्णले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ सच्चरित्रवान्, असल र सहज व्यक्ति भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि त्रमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका कर्णले नेम्वाङ धेरै विद्वान् र कानुन, संविधानको ज्ञाता पनि भएकाले दुई–दुईपटक संविधानसभाको अध्यक्ष भएको स्मरण समेत गर्नुभएको छ ।

    संविधानसभाबाट संविधान बन्नुमा नेम्वाङको धेरै योगदान रहेको स्पष्ट पार्दै नेता कर्णले नेम्वाङ सफल नेता भएको पनि चर्चा गर्नुभयो ।

    नेता कर्णले सबैका कुरा सुन्ने र पार्टीभन्दा बाहिरका नेता सांसदको पनि विश्वासिलो र हितैषी व्यक्तिका रुपमा नेम्वाङलाई आफूले चिनेको बताउँदै नेम्वाङसंग आफ्नो निकै आत्मीय सम्बन्ध रहेको बताउनुभयो ।

    नेता कर्णले नेम्वाङजस्तो सकारात्मक सोच, विचार र व्यवहार भएको व्यक्ति कमै भेटिने भन्दै उहाँको अभाव सधै खड्किरहने बताउनुभयो ।


    बिहिवार, भाद्र २८ २०८००८:०६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij