Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा

पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा

  • बुधवार, भाद्र २७ २०८०

  • 757
    SHARES

  • पार्टीका नेताले कसैसँग पैसा मागेको ठोस प्रमाण पेस गरे ७२ घण्टाभित्र कारबाही हुन्छ : रास्वपा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।

    साथै अहिले पनि पार्टीका कुनै नेता उक्त प्रकरणमा जोडिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्ने स्पष्ट पारेको छ ।

    मन्त्री बन्नाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपश्चात पार्टीले श्रेष्ठलाई निष्कासन गरेको थियो । अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नाम लिएपछि विज्ञप्ति निकालेको हो ।

     


    बुधवार, भाद्र २७ २०८००२:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij