Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, देशैभर शोक बिदा

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, देशैभर शोक बिदा

  • मंगलवार, भाद्र २६ २०८०

  • 2.2K
    SHARES

  • सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, देशैभर शोक बिदा

    काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ ।

    एमालेका उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिने बताउनुभयो। उहाँका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

    नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय सरकारले गरेको छ ।

    नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा तीन दिनका लागि औपचारिक कार्यक्रम स्थगित गर्नुका साथै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङका २ छोरा र २ छोरी छन् ।

     


    मंगलवार, भाद्र २६ २०८००४:४६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij