Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सुवासको शव अगाडि आफूलाई सम्हाल्न सकिनन् पूर्व राष्ट्रपति भण्डारी

सुवासको शव अगाडि आफूलाई सम्हाल्न सकिनन् पूर्व राष्ट्रपति भण्डारी

  • मंगलवार, भाद्र २६ २०८०

  • 814
    SHARES

  • सुवासको शव अगाडि आफूलाई सम्हाल्न सकिनन् पूर्व राष्ट्रपति भण्डारी

    काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविह्वल बन्नुभएको छ। एमाले पार्टी कार्यालय च्यासलमा उहाँले आफ्नो आँशु थाम्न सक्नुभएन ।

    नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता–कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

    पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओली छेउको सोफामा बस्नुभएको थियो। उहाँलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । पटकपटक रुमालले आँशु पुछिरहनुभएको थियो ।

    पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो ।


    मंगलवार, भाद्र २६ २०८००२:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij